Deorali Darah - Bipul Chettri

Deorali Darah

Bipul Chettri

00:00

03:22

Similar recommendations

Lyric

देउराली डाँडाको शीतल हावामा सारा जङ्गल नै नाच्यो है

तिमीबिनाको जिन्दगानी म कसरी नै त काटुम् है?

रेलमा चढी म जानेछु टाढा छाडी यो सबै यो संसार

आउने दिनको आशा राखी म अगि बढेछु त्यो पारि

जिउन फेरि मन लाग्यो

आ-हा-हा, आ-हा-हा

जति हिँडे उति टाढा लाग्छ पुग्न त्यहाँ, हेर न दिन ढलिसक्यो

तिम्रै कल्पनाको समुन्द्रमा डुबिरहने कस्तो यो मनको खाँचो?

अब त पुग्नेछ मेरो यो इच्छा

अब त पाउनेछु गरेको प्रतीक्षा, माया

दुनियाँको यो मोहमायामा मलाई धेरै नअल्झाऊ है

एउटै भएको जिन्दगानी म जसरी नै त काटुम् है

रेलमा चढी म जानेछु टाढा छाडी सबै यो घरबार

तिमीलाई पाउने आशा राखी म अगि बढेछु त्यो पारि

जिउन फेरि मन लाग्यो

आ-हा-हा, आ-आ, आ-हा

लाग्यो जिउन मन अब

आ-हा-हा, आ-हा-हा

- It's already the end -