00:00
03:39
हाल, यो गीतको लागि कुनै सम्बन्धित जानकारी उपलब्ध छैन।
गुराँसै फुल्यो, हेर नि लैलै, त्यो डाँडै ढाकेर
चुल्ठोमा मेरो सिउदेऊ न माया टपक्कै टिपेर
मुनालै नाच्यो, हेर नि लैलै, हिमालै देखेर
लाइदेऊ न माया आजको दिन देउराली भाकेर
♪
आयो मायाको लहर पिरती बोकेर
लायो मनमा रहर तिमीलाई देखेर
तिमीसँगै बाँच्ने, तिमीसँगै जिउने पिरती साटेर
साथै नछोड्ने, कहिल्यै नटुट्ने पिरती गाँसेर
♪
वसन्तको बहारैमा तिमीलाई खोज्छु म
तिमीले मलाई बोलाउँदा संसारै भुल्छु म