00:00
02:52
यस गीतको सम्बन्धित सूचना हाल उपलब्ध छैन।
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
कति रूखा कुरा गर्नु?
कति चोटि टाढा भाग्नु भावनासँग आफ्नो?
प्रयास नदेखेको होइन
मनमा तिमी नभएको होइन, तर नजिक जान डर लाग्छ
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई
हेर न मलाई
♪
जति सके हिम्मत बोकी
तिमीतिर पाइला चाल्दै छु म
यो शहर चिसो हुँदै छ
आएर अँगाल न मलाई
तिम्रो चित्र धमिलो हुँदै छ
अघि आई हेर न मलाई