Timi Ra, Ma - Bartika Eam Rai

Timi Ra, Ma

Bartika Eam Rai

00:00

04:14

Song Introduction

"Timi Ra Ma" is a heartfelt song by the acclaimed Nepalese singer Bartika Eam Rai. Known for her soulful vocals and emotive performances, Bartika has captured the hearts of many with this track. "Timi Ra Ma" blends traditional Nepali melodies with modern musical elements, creating a captivating sound that resonates with a wide audience. The song's poignant lyrics explore themes of love and connection, showcasing Bartika's ability to convey deep emotions through her music. This release further solidifies Bartika Eam Rai's position as a prominent figure in the South Asian music scene.

Similar recommendations

Lyric

शिशिरमा हुरी चल्दा आँगनीमा बसेर मेरो याद कति आयो होला

दशैँको बास्नालाई बतासले बगाउँदा मलाई कति सम्झ्यौ होला

सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी निदरीसँग बिन्ती गर्यौ होला

आशाको झोला बोकी शहरभरि जताततै कति दिन पर्खी बस्यौ होला

यहाँ पनि चारैतिर शून्यता, आशाले निथ्रुक्कै भिजेको छ

गुम्सिएको रहरहरू साँचेर तिमी अझै पनि हाँस्दै छौ अरे

निस्सासिएको सपना लुकाएर अझै पनि तिमी बाँच्दै छौ अरे

रित्तिएको छ भावना भनेर आफूसँगै झूटो बोल्छौ होला

चाहनाहरू बाँधेर, झूटो चित्र कोरेर मनले मनलाई फकायौ अरे

यहाँ पनि समयको कोलाहलमा दुनियाँसँगै रित्तिइँदै छ

शिशिरमा हुरी चल्दा आँगनीमा बसेर मेरो याद कति आयो होला

दशैँको बास्नालाई बतासले बगाउँदा मलाई कति सम्झ्यौ होला

सपनाबाट बिउँझिएर, आँखाभरि आँसु बोकी निदरीसँग बिन्ती गर्यौ होला

- It's already the end -