00:00
04:13
Currently, there is no relevant information about this song.
सुन, एउटा कुरा भन्न चाहन्थेँ म तिमीलाई
माया धेरै-धेरै गर्छु त भन्दिन अहिलेलाई
हेर, चिट्ठीपत्रमा लेखेझैँ सजिलो चाहिँ हुन्न है
तर आँखामा आँखाको गहिरो सम्बन्ध गाँसेर भन्छु म
नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक
तर चाहेको हैन केही वाचा मायाको
मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी
♪
ओठ तिम्रो गुलाबी (तिम्रो गुलाबी)
♪
जान्थेँ म तिमी जहाँ-जहाँ लग्नेथ्यौ मलाई
मान्थेँ म जे आवाज ममाझ गुञ्जिन्थ्यो मुहान तिमी
बिताउन केही मीठा पलहरू चाहिन्न पिरती
यो मुटु र मुटुको गहिरो सम्बन्ध नसोच, हा-हा
नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक
तर चाहेको हैन केही वाचा मायाको
मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी
♪
ओठ तिम्रो गुलाबी
बदलिने मौसमझैँ बदलियो मेरो मनको हालचाल, नसोध मलाई
अड्किने मन हैन मेरो, विलीन भइजान्छ सधैँ
मेरा भावना, तिम्रा भावनाभन्दा बेग्लै-बेग्लै रहेछन्
मेरा चाहना, तिम्रा चाहनासम्म कहिले पनि पुगेनन्
नानाथरीका तरिका म सोच्छु हुनलाई तिम्रै नजिक
तर चाहेको हैन केही वाचा मायाको
मात्र पाए चुम्न ती ओठ तिम्रो गुलाबी
♪
ओठ तिम्रो गुलाबी
ओठ तिम्रो गुलाबी
ओठ तिम्रो गुलाबी